Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


महोत्तरीमा विवाद, मतदान प्रक्रिया स्थगित


2.1k
Shares

काठमाडौं । महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा विवाद हुँदा मतदान स्थगित भएकाे छ । दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया स्थगित गरिएको हो ।

एउटै व्यक्ति पटकपटकसम्म मतदान गर्ने प्रयास गरेपछि विवाद भएको महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।

आज देशभर प्रतिनिधिसभाका लागि मतदान हुँदैछ । बिहानैदेखि मतदाताहरु आफ्नो प्रतिनिधि छान्न लाइनमा छन्।