Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सर्लाही-४ मा मतदान शुरू हुने बित्तिकै विवाद


9.7k
Shares

काठमाडौं । सर्लाही- ४ मा मतदान शुरु हुनेबितिकै तनाव शुरु भएको छ ।

साेही क्षेत्रको बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान शुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो । मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच हुलदङ्गा भएपछि केही समय स्थिति तनावग्रस्त पुगेको थियो ।

विवादपछि भएको तनावले केहीबेर मतदान अवरुद्ध भएको थियो अहिले मतदान पुनः शुरु भएको छ ।