Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द्वमा ११० अफगान नागरिकको ज्यान गयाे, १२३ घाइते


455
Shares

एजेन्सी । पाकिस्तानी सेनाले गत फेब्रुअरी २१ देखि मार्च २ तारिखकोबीचमा अफगानिस्तानमा गरेकाे हवाई आक्रमणमा परी १ सय १० जना अफगान नागरिकको ज्यान गएकाे छ ।

हवाई आक्रमणमा परी अन्य १ सय २३ जना घाइते भएका हुन् । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फितरतले यसकाे बारेमा जानकारी दिनुभयाे। मानवीय क्षतिको अतिरिक्त, यस द्वन्द्वले ठूलो भौतिक क्षति पनि पुर्‍याएको छ। अधिकारीले ३ सय ५३ आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्।

एउटा स्वास्थ्य केन्द्रमा क्षति पुग्नुका साथै एउटा विद्यालय प्रभावित भएको हाे। अफगानिस्तान र पाकिस्तानबीच हालैका दिनहरूमा सैन्य तनाव बढेको छ । दुई पक्षबीच धेरै पटक गोली हानाहान भएको अधिकारीहरुले बताएका छन् ।