Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी क्षेप्यास्त्र


0
Shares

काठमाडाैं ।
इरानले कतारस्थित अमेरिकाको अल उदैद सैन्य बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।

अल उदैदमा रहेको अमेरिकी सेनाको विशाल सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको हो । यो सैन्य आधार खाडीमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य बेस हो । कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरानबाट कतारलाई निशाना बनाएर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको हो ।

हवाई प्रतिरक्षा प्रणालीले एउटा क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरेको र दोस्रो क्षेप्यास्त्र अल उदैद कतारी बेसमा खसेको कतारी रक्षा मन्त्रालयले जनाएको छ । यस सैन्य अखडामा १० हजार अमेरिकी सैनिक र गैरसैनिक कर्मचारीहरू तैनाथ रहने गर्दछन् ।

मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सञ्चालन हुने यो सैन्य शिविर अमेरिकाको फ्लोरिडास्थित अमेरिकी सेनाको सेन्ट्रल कमान्डको मुख्यालयसँग जोडिएको छ । उता, इरानको रिभोलुसनरी गार्ड्सले मध्यपूर्वमा अमेरिकी र इजरायली सैन्य अखडाहरूमा करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।