Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


कतारमा इरानी मिसाइल आक्रमण : १६ जना घाइते, सुरक्षा सतर्कता कडा


3.5k
Shares

काठमाडाैं । कतारमा इरानी मिसाइल आक्रमणबाट १६ जना घाइते भएको छन्।

गृह मन्त्रालयका अनुसार आक्रमणमा थप ८ जना घाइते भएसँगै कुल घाइतेको संख्या १६ पुगेको र एक जनाको अवस्था गम्भीर रहेको जनाएकाे छ ।

रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका करिब ६५ ब्यालिस्टिक मिसाइल र १२ ड्रोनमध्ये अधिकांशलाई हवाई रक्षा प्रणालीले नष्ट गरेको जनाएको छ। केही मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खस्दा सामान्य मानवीय तथा भौतिक क्षति भएको छ।

सरकारले नागरिक, विशेषगरी नेपालीसहित आप्रवासी कामदारलाई घरभित्रै बस्न, शंकास्पद वस्तु नछुन र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। हाल हवाई तथा समुद्री यातायातमा अस्थायी प्रतिबन्ध लगाइएको छ भने विद्यालयहरूमा अनलाइन कक्षा सञ्चालन भइरहेको छ।