Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


च्याम्पियन्स लिगको अन्तिम-१६ को खेल तालिका सार्वजनिक


234
Shares

काठमाडाैं । च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक भएको छ ।

युरोपियन फुटबल महासंघ (यूईएफए)ले शुक्रबार च्याम्पियन्स लिगको अन्तिम–१६ को खेलतालिका सार्वजनिक गरेको हो । अन्तिम–१६ को लागि छनोट भएका टिमहरूमा इंग्लिस टिमको बाहुल्यता छ । १६ मध्ये ६ इंग्लिस क्लबले यस चरणमा स्थान बनाएका हुन् । तीन स्पेनिस क्लबको समेत सहभागिता छ । दुई जर्मन क्लबले च्याम्पियन्स लिग खेल्ने भएका छन्।

त्यसबाहेक एक फ्रेन्च क्लब, नर्वेजियन क्लब, टर्किस क्लब, इटालियन क्लब र पोर्चुगिज क्लबले प्रतिस्पर्धा गर्ने भएका हुन् । यो चरणमा प्रतिस्पर्धा गर्ने एक मात्र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हो । स्पेनको प्रतिनिधित्व गर्ने क्लबहरूमा रियाल मडिड, बार्सिलोना र एट्लेटिको मड्रिड छन् । इंग्लिस क्लबका ६ टिमहरू म्यानचेस्टर सिटी, न्युक्यासल युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटनहम हुन् ।

त्यसैगरी, यो चरणमा प्रतिस्पर्धा गर्ने पोर्चुगिज टिम स्पोर्टिङ सीपी हो भने टर्किस क्लबमा गालातासारे रहेको छ । नर्वेजियन क्लब बोडाले खेल्दा जर्मन क्लब बार्यन म्युनिख र बेयर लेभरकुजेन खेल्ने भएका हुन्।
च्याम्पियनस लिगको अन्तिम–१६ को पहिलो लिग आगामी मार्च ११ तारिखमा हुने तालिका छ । जहाँ पीएसजीले चेल्सीसँग खेल्ने भएकाे हाे।

यसपछि, क्वार्टरफाइनलको निम्ति अप्रिल १५ तारिखमा आठ टिमबीच प्रतिस्पर्धा हुने भएकाे छ । अप्रिल २९ तारिखमा सेमिफाइनलका खेल सञ्चालन हुने भएकाे हाे । यी सबै खेल ‘होम र अवे’ को आधारमा खेलाइने भएकाे छ । साथै फाइनल खेल भने आगामी मे ३० तारिखमा हुने भएकाे हाे ।