Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


शेयर बजार सामान्य अंकले बढेर बन्द


0
Shares

काठमाडाैं ।
साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से ६ अंक बढेर २६५४.९३ विन्दुमा पुगेको छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये नौ वटा उपसमूहको परिसूचक बढेको छ भने चार वटा उपसमूहको परिसूचक घटेको छ ।

निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढ्दा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेका छन् । १३७ वटा कम्पनीको शेयर मूल्य बढेको बजारमा ११८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नविल डिबेञ्चरका लगानीकर्ताले सवै भन्दा बढी ३ दशमलव ६० प्रतिशत र श्रीनगर एग्रीटेकका लगानीकर्ताले ३ दशमलव ५७ प्रतिशत गुमाएका छन् ।

दिनभरमा ३३५ स्टकको एक करोड ५३ लाख कित्ता शेयर ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज अपि पावरको सर्वाधिक ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।