Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


इरानसँगको टकराव कुटनीति ढंगले समाधान गर्ने राष्ट्रपति ट्रम्पकाे याेजना

सैन्य विकल्प पनि खुला राखेको ट्रम्पकाे संकेत

260
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्न आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।

वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै इरानसँग वार्तामा रहेको बताउनुभएकाे हाे । उहाँले इरानलाई आणविक हतियार बनाउन नदिने अडान समेत दोहोर्‍याउनुभयो । एउटा कुरा निश्चित भएकाे बताउदै उहाँले विश्वको नम्बर एक आतंकवाद प्रायोजक राष्ट्रलाई आणविक हतियार हुन नदिने समेत बताउनुभएकाे छ। इरानले आफ्नो आणविक कार्यक्रम पुनः शुरु गर्ने प्रयास गरिरहेको समेत उहाँले आरोप लगाउनुभयो । जसलाई गत वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उहाँको दावी छ ।

यो सम्बोधनपछि इरानले ट्रम्पकाे दावीलाई ‘ठूलो झुट’ भन्दै खण्डन गरेको हाे । अमेरिका र इरानबीच आणविक मुद्दामा वार्ता जारी छ । जसको अर्को चरण जेनेभामा हुँदैछ । राष्ट्रपति ट्रम्पले कुटनीतिक समाधानलाई प्राथमिकता दिए पनि सैन्य विकल्प पनि खुला राखेको संकेत दिनुभएको छ ।

यो घटनाले मध्यपूर्वमा तनाव बढाएको छ। तर राष्ट्रपति ट्रम्पले वार्तालाई अवसरको रूपमा हेर्नुभएकाे हाे।