Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


अर्घाखाँचीमा अस्पताल स्तरोन्नतीको ब्यथा (भिडियाे रिपोर्ट )


91
Shares

सागर महत, अर्घाखाँची ।

हरेक निर्वाचन अघि अर्घाखाँची जिल्लाको एउटा चुनावी मुद्दा बन्दै आएको छ, अर्घाखाँची जिल्ला अस्पताल स्तरोन्नति गर्ने विषय ।

तर हरेक चुनाव आउँदा नारा र प्रतिबद्धता गरिदै आएको अर्घाखाँची अस्पताल स्तरोन्नतीको कुरा चुनाव सकिएपछि भने सेलाएर जान्छ । चुनाव सकिएपछि कुनै उमेदवारले अस्पतालको बिषयमा चासो समेत देखाएको पाइदैन । अर्घाखाँची अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाह असहज हुँदै आएको छ ।

२०४५ सालमा सदरमुकाम सन्धिखर्कमा १५ शैयाको जिल्ला अस्पताल स्थापना भएको थियो । त्यसपछि जनशक्ति र उपकणको अभाव यो अस्पतालले झेल्दै आएको छ । अस्पतालको सुधारका लागि हरेक निर्वाचनमा उमेदवारहरुले प्रतिबद्धता जनाएका छन् तर कार्यान्वयन भएको छैन ।

अहिले अस्पताललाई नाम मात्रैको ५० शैया बनाइएको छ तर सेवा प्रवाह भने १५ शैयाबाट हुने गरेको अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनुभयो । अहिले जिल्लाको भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिकामा सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माण सम्पन्न अवस्थामा रहेका छन ।

जनशक्ति अभावमा यी अस्पतालमा सहज रुपमा सेवा प्रवाह हुन सकेको छैन । एकातिर पालिकामा रहेका अस्पताल नचल्ने र अर्को तर्फ जिल्ला अस्पताल पनि स्तरउन्नती पनि नहुने भएकाले विरामीलाई चाहेको उपचार दिन असहज भएको छ ।

Skip This