Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


धादिङ बस दुर्घटना छानबिनका लागि कार्यदल गठन


325
Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा भएको यात्रुवाहक बस दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको जानकारी मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दिएका हुन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस दुर्घटनामा ४४ यात्रुमध्ये १९ जनाको मृत्यु र २५ जना घाइते भएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएको हो। दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा उद्धारकार्य गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

Skip This