Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


म्याग्दीमा चुनावको चटारो (भिडियाे रिपोर्ट)


52
Shares

ध्रुवसागर शर्मा, म्याग्दी ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति आउन अब १२ दिन मात्र बाँकी छ ।

निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका उम्मेदवारहरुलाई पनि मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ । चुनावी प्रचारप्रसार अभियानसँगै मतदाताको जिज्ञासा र उम्मेदवारहरुका जवाफ पनि रोचक बन्दै गएका छन् ।

म्याग्दीका अधिकांश मतदाताले उम्मेदवारहरुलाई विकास र बजेट ल्याउँछौँ भनेर आश्वासन नबाढ्न अनुरोध गरेका छन् । मतदाताले उम्मेदवारलाई चुनाव जितेर गएपछि के गर्नुहुन्छ ? भन्दै प्रश्न गर्ने गरेका छन् । भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि भन्ने जिज्ञासा राख्दै बजेट र विकासभन्दा सुशासन महत्वपूर्ण भएको मतदाताहरुले बताएका छन् ।

यसपटक यहाँका मतदाता दलका एजेण्डा भन्दा पनि उम्मेदवारको विगत, वर्तमान तथा ब्यक्तिगत क्षमता हेरेर मतदान गर्ने मनस्थितिमा रहेका छन् । मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि संसदमा नीति निर्माण तहमा बलियो भूमिका खेल्न सक्ने उम्मेदवार छान्ने मतदाता बताउँछन् ।

Skip This