काठमाडौं । साताको पहिलो कारोबार दिन नै शेयर बजार दोहोरो अंकले घटेको छ ।
विहान बजार खुलेको केही मिनेट मात्रै उकालो लागेको बजार दिनभर घटेर बजार परिसूचक नेप्से २७ दशमलव ५९ अंकले घटेर २६ सय १४ दशमल ५५ को विन्दुमा झरेको छ ।
नेप्से घटेसंगै कारोबार रकम पनि घटेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूह ओरालो लाग्दा ब्यापार उपसमूह सर्वाधिक धेरै ३ दशमलव ५९ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि भर्ख आइपीओ सूचिकृत भएको सालपा विकास बैंकको शेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ भने रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य ९ दशमलव २६ प्रतिशतले बढको छ ।
तर वुद्धभूमि हाइड्रे र रिडी पावरको शेयर मूल्य सर्वाधिक ८ प्रतिशत बढीले घटेका छन् । २२० वटा कम्पनीको शेयर मूल्य घट्दा ३४ वटा मात्रै कम्पनीको शेयर मूल्य बढेको छ ।
दिनभरीमा ३२४ वटा स्टकको एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युतको ६३ करोड २४ लाख र रिडी हाइड्रोको ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।








प्रतिक्रिया दिनुहोस्