Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


काठमाडौं-८ मा उज्यालो अभियान तीव्र


130
Shares

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नं. ८ मा उज्यालो नेपाल पार्टीको अभियान तीव्र बनेको छ।

पार्टीका सक्रिय नेता राजन खड्गी ले घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै जनताको प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्।

कार्यक्रमका क्रममा कार्यकर्ता तथा स्थानीयवासीहरूले“गाउँ गाउँमा हुन्छ उज्यालो, सहर सहरमा हुन्छ उज्यालो” भन्ने नारासहित पार्टीप्रति ऐक्यबद्धता जनाएका थिए।

“अँध्यारोबाट उज्यालो तर्फ, गरिबीबाट समृद्धि तर्फ” भन्ने मूल नारालाई आत्मसात गर्दै क्षेत्र नं. ८ मा विकास, सुशासन र समृद्धिको अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

राजन खड्गीले जनताको घरदैलोमै पुगेर शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा सहभागीहरूले बत्तीको प्रतीकमार्फत उज्यालो भविष्यको सन्देश प्रवाह गरेका थिए।

स्थानीय दाजुभाइ, युवा तथा महिलाहरूको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ । आगामी दिनहरूमा पनि फागुन २१ को निर्वाचनलाई केन्द्रित गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।