काठमाडाैं । जेन–जी संविधान जारी गर्न माग गर्दै जेन–जी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ ।
जेन–जी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनि गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौंको माईतीघर मण्डलामा अनसनमा बसेको हो ।
अनसनरत जेन–जी युवा जनार्दन अधिकारीले जेन–जी शहीदहरुमाथि राज्यसत्तामा बस्नेहरुले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो । उहाँले जेन–जी आन्दोलनको मुख्य माग व्यवस्था र अवस्था दुवै बदल्नु रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।
उहाँले २०८४ सालमा हुने निर्वाचन २०८२ सालमै गराउनको लागि जेन–जीहरुले बलिदानी नदिएको स्पष्ट पार्दै यसतर्फ सरोकारवालाहरुको ध्यान पुग्न जरुरी रहेको बताउनु भयो । वर्तमान संविधान पूर्णरुपमा खारेज गरी जेन–जी संविधान जारी गर्नुपर्ने उनीहरुको माग छ ।






प्रतिक्रिया दिनुहोस्