काठमाडौं ।
निर्वाचनको मिति आउन दुई साता भन्दा कम बाँकी रहँदा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुमा आपसी तीक्तता उग्र बन्न थालेको छ ।
दाङमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा (एमाले) को झण्डा जलाइएपछि एमाले रास्वपाप्रति आक्रमक बनेको हो । रास्वपाका कार्यकर्ताहरूले आफ्नो पार्टी झण्डा जलाएको र उच्छृङ्खल गतिविधि गरेको आरोप लगाउँदै भन्दै एमाले सडकमै उत्रीएको हो ।
अराजनैतिक र अराजक गतिविधिमार्फत निर्वाचनलाई बिथोल्न खोजिएको भन्दै एमाले विद्यार्थी संगठन अनेरास्ववियुले मुख्य शहरहरुमा मशाल जुलुश गर्यो । यसका साथै अखिलले राजधानीको प्रदर्शनीमार्गमा नाराबाजीसहित झापा – ५ का उम्मेदवार बालेन्द्र शाहको पुत्ला दहन पनि गरेको छ । एमाले कार्यकर्ताहरुले दाङको तुलसीपुरस्थित रास्वपाको सम्पर्क कार्यालयमा पनि शुक्रवार साँझ तोडफोड गरेका छन् ।
उता रास्वपा सभापति रवि लामिछानेले भने एमालेको झण्डा जलाएको आरापको खण्डन गर्नुभएको छ । आफ्ना पार्टीका कार्यकर्ताबाट त्यस्तो काम भएको भेटीए कारवाही गर्ने जनाउँदै लामिछानेले घुसपैठ भएको हुन सक्ने बताउनुभयो । प्रहरीले झण्डा जलाएको आरोपमा अहिलेसम्म ३ जनालाई पक्राउ गरिसकेको छ ।
गएराति तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय बिक्रम परियार ,तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ ।






प्रतिक्रिया दिनुहोस्