Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यतालिका


1.8k
Shares

दमक ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जान लाग्नुभएकाे छ ।

एमाले अध्यक्ष ‌ओली एक कार्यक्रममा सहभागी हुन झापा जिल्लाकाे जान लाग्नुभएकाे हाे । निर्धारित कार्यक्रम अनुसार उहाँ बिहान ११ बजे बिर्तामोडका होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्नुहुनेछ।

त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोर मा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

चुनावी माहोल तातिरहेको बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार समेत रहनु भएका अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। कार्यक्रमका क्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।