काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे हाे। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे। यो मूल्य बिहीबारकाे तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस पाँच हजार तीन अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।






प्रतिक्रिया दिनुहोस्