Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे


2.7k
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य बिहीबार भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य बुधबारको तुलनामा प्रतितोला चार हजार तीन सय रूपैयाँ बढेको हो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार ६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे । यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय ८० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।