काठमाडौं । नेकपा एमालेले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएकाे छ।
एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौंबाट घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । घोषणापत्रमा एमालेले समृद्ध नेपाल निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई प्रमुख मुद्दा बनाएको पार्टीका एक नेताले बताएका छन् ।
मुलुकमा स्थिरता, विकास र सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको एमालेको निष्कर्ष छ । चुनावी घोषणापत्रमार्फत बहुमत आउने गरी निर्वाचनमा होमिएको एमालेले जनाएको हाे।






प्रतिक्रिया दिनुहोस्