काठमाडौं । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन अनन्तले सुनछहरी गाउँपालिका-६ फगाममा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराउनुभएकाे हाे । नेता पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार समेत रहनुभएकाे छ।
विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरेका हुन्। यस अघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत माघमा नै नेकपामा प्रवेश गर्नुभएकाे थियाे ।






प्रतिक्रिया दिनुहोस्