काठमाडाैं ।
आईसीसी टी–२० विश्वकपमा नेपालले अन्तिम खेलमा जित निकालेको छ ।
मंगलबार भएको समूह सी को आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा टस जितेर फील्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा विपक्षीलाई १७० रनमा रोकेको थियो। त्यस क्रममा स्कटल्यान्डले ७ विकेट गुमायो।
नेपालका लागि सोमपाल कामीले ३ अनि नन्दन यादवले २ तथा रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए। स्कटल्यान्डका ओपनर माइकल जन्सले सर्वाधिक ७१ रन बनाए।
पहिलो खेलमा इङ्ग्ल्यान्डसँग झिनो अन्तरले पराजित भए पनि प्रशंसा पाएको टीमको इटली र वेस्ट इन्डिजसँगका पछिल्ला दुई खेल अपेक्षाअनुसारका हुन सकेका थिएनन्।
नेपाल सूपर ८ मा पुग्ने लक्ष्यका साथ विश्वकपमा गएको बताइएको थियो।






प्रतिक्रिया दिनुहोस्