Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


नागढुङ्गाबाट २ केजी चाँदीसहित एक जना पक्राउ


221
Shares

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले २ केजी ९०० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेकाे छ ।

मंगलबार अपराह्न करिब ४:०० बजे वीरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५५२९ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले नियमित जाँचका क्रममा रोकेको थियो।

जाँचका क्रममा बसमा सवार पर्साको फेटा गाउँपालिका–६ निवासी १७ वर्षीय आशु श्राबको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाइछिपाइ ल्याइएको अवस्थामा २ केजी ९०० ग्राम तौलको चाँदीका दाना फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको चाँदीको अनुमानित मूल्य १२ लाख १४ हजार ५२० रुपैयाँ रहेको छ।

चाँदीसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।