Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


नेपाली बजारमा सुनको मूल्यमा ओरालाे यात्रा


2.6k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ।

सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य मंगलबार तोलामा नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँ पुगेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार तोलामा चार हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार आठ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे। यो मूल्य साेमबारको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार नौ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।