Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एक हप्ताभित्र कांग्रेस बहुमत ल्याउने तहमा पुग्छ: उपसभापति शर्मा

कांग्रेस जनताको विश्वास जित्नेगरी अघि बढेको दावी

247
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको दावी गर्नुभएकाे छ।

पार्टी कार्यालय सानेपामा आइतबार जनता समाजवादी पार्टीका नेताहरुलाई कांग्रेसमा प्रवेश गराउदै उपसभापति शर्माले यस्ताे दावी गर्नुभएकाे हाे। निर्वाचनमा बहुमत नजिक पुग्ने गरि परिवर्तित अवस्थामा जनताको विश्वास जित्नेगरी अघि बढेको उहाँकाे भनाइ छ । नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत जिकिर गर्नुभयाे ।

अहिलेकै अवस्थामा कांग्रेस सबै भन्दा ठूलो पार्टी बन्ने भन्दै उपसभापति शर्माले यहि गतिमा जनमत बढ्दै जाँदा एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने दावी गर्नुभएकाे छ । जेनजी विद्राेहपछि सबै भन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको समेत उहाँकाे दावी थियाे । उपसभापति शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेता तथा कार्यकर्ताहरू एक ढिक्का भएर लागेको बताउनुभएकाे छ।

पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको उहाँकाे दावी थियाे ।