Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


नेपाली बजारमा आज सुनको मूल्य फेरी बढ्याे


1.2k
Shares


काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।

गत शुक्रबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ । शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा पाँच हजार रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस पाँच हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।