Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते


1.5k
Shares

काठमाडाैं । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लोकमार्गबाट अन्दाजी ५० मिटर तलको शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो ।