Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


मकवानपुरमा खैरो हिरोइनसहित दुई युवक पक्राउ


78
Shares

काठमाडौं । मकवानपुरबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । मनहरी गाउँपालिका-३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय नेवारपानी हेटौंडाबाट खटिएको प्रहरी टोलीले मोक्तान र घलानलाई हेटौंडा-१९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार गर्न होटलको कोठामा मोक्तान र घलान बसेको सूचनापछि होटलको कोठामा गएर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । उनीहरुको शरीर खानतलासी गर्दा खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।