काठमाडाैं । पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबले विजयी शुरूवात गरेको छ ।
पोखरा रङ्गशालामा पहिलो पटक अस्थायी फ्लडलाइटमा मंगलबार भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गाेलले पराजित गरेको हो । प्रतियोगितामा आयोजक सहारा र गोरखा इन्टरनेशलसहित नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड र फ्रेण्ड्स क्लब रहेका छन् ।
त्यसैगरी विदेशी टोलीका रूपमा उज्वेकिस्तानको आभा फुटबल क्लब र भारतको थण्डरबोल्ट नर्थ युनाइटेड सहभागी छन् । आगामी फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि जित्ने टोलीले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयाेजकले जनाएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्