Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


रामेछाप बस दुर्घटना अपडेट : घाइते ८ जनाकाे पहिचान खुल्याे (नामावलीसहित)


1.9k
Shares

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुवाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ ।

यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएको थियो । मृत्यु हुनेमा ७ पुरुष र ५ महिला गरी १२ जना पुगेको छ ।सो दुर्घटनामा परी घाईते हुनेको संख्या ८ पुगेको छ ।

घाईते हुनेहरुमा रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२ बस्ने ३३ वर्षिय देवकी खड्का, सोही नगरपालिका–११ बस्ने ३१ वर्षिय सुशान्त थापा मगर, उमाकुण्ड नगरपालिका–५ बस्ने ५२ वर्षिय सोनातेन्जी शेर्पा, ६ वर्षिया निष्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका–४ बस्ने ७१ वर्षिय ओलक बहादुर थापा, खाँडादेवी गाउँपालिका–३ बस्ने २१ वर्षिय समिर श्रेष्ठ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–७ बस्ने १७ वर्षिया निलिमा तामाङ्ग र ओखलढुंङ्ग जिल्लाको खिजिदेम्वा गाउँपालिका–२ बस्ने ४५ वर्षिय जयबहादुर तामाङ्ग रहेका छन् ।

घाइते भएकाहरुमध्ये ७ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको छ भने चालक सुशान्त थापा मगरको तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ भने मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहित नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।

प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउसो करीब पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खसेर दुर्घटना भएको हो । उक्त यात्रुवाहक बसमा कति जना सवार थिए भने अझै खुल्न नसकेकाे सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।