Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


ठोस योजना खोज्दै मतदाता (भिडियाे रिपाेर्ट)


130
Shares

शुभकला राई, ओखलढुंगा ।
ओखलढुंगामा दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार मतदाता रिझाउन यतिबेला घरदैलोमा व्यस्त छन् ।

मतदाताहरु पनि यसपटक उम्मेदवारको अनुहार भन्दा पनि ठोस एजेण्डा र कार्यक्षमतालाई प्राथमिकता दिने मनसायमा देखिएका छन् ।

यतिबेला ओखलढुंगामा चुनावी माहोल निकै तातिएको छ । उम्मेदवारहरु मतदाता रिझाउन र आ–आफ्ना एजेण्डा बोकेर गाउँ पसेका छन् । तर मतदाताहरु यसपटक अनुहार भन्दा पनि ठोस एजेण्डा र कार्यक्षमतालाई प्राथमिकता दिने मनसायमा देखिएका छन् ।

स्थानीय समस्यालाई टपक्क टिपेर समाधान गर्न सक्ने र समाधान गर्न नसकिने विषयलाई सदनदेखि फोरमसम्म प्रस्टसँग उठाउन सक्ने उम्मेदवारको खोजीमा मतदाताहरु छन् । बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायनलाई रोक्न सक्ने भिजन पनि यस पटकको निर्वाचनमा निर्णायक एजेण्डाको रूपमा देखिएको छ ।

महत्त्वकांक्षी योजना र आश्वासनले आजित भएका यहाँका मतदाता ठोस एजेण्डा र ठोस काम गर्नसक्ने उम्मेदवारको खोजीमा छन् ।

Skip This