Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


म्याग्दीमा यस वर्ष सुन्तलाकाे उत्पादन घट्याे

यस वर्ष ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला म्याग्दीमा उत्पादन

91
Shares

काठमाडाैं । म्याग्दीमा यस वर्ष ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।

सुन्तला म्याग्दीको प्रमुख नगदेबाली हो । ४ सय ३० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १० दशमलब पाँच मेट्रिक्टनका दरले चार हजार ५ सय १५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय म्याग्दीले जनाएको हाे । जिल्लाका विभिन्न ठाउँका बगैँचामा बाली कटानी गरेर सुन्तला उत्पादनको तथ्यांक संकलन गरिएको कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयाे। किसानले सरदर प्रतिकिलो ७० रुपैयाँका दरले ३१ करोड ६० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेकाे उहाँकाे भनाइ छ ।

म्याग्दीको ८ सय ३५ हेक्टर क्षेत्रफलमा सुन्तलाको बगैँचा रहेको छ । गत वर्ष ४ सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले चार हजार ७ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष ३४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको कार्यालयले जनाएकाे छ । गत वर्षको तुलनामा ५ दशमलव ५६ प्रतिशतले उत्पादन घटेको हो ।

यस वर्ष विभिन्न रोगकीराको सङ्क्रमण नभए पनि बोटमा दाना पातलो लागेकाले उत्पादन घटेको कार्यालय प्रमुख बाँस्तोलाले बताउनुभयाे ।