ललित बहादुर सिंह, बझाङ ।
बझाङको कालंगा र सेती नदी किनार शनिवार शोकमग्न बन्यो ।
नदी किनारमा मानिसहरुको भीड त थियो तर सबै विक्षिप्त र शोकाकुल थिए । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेगाउँ बाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस दुर्घटनाका मृतकको सामुहिक दाहसंस्कारको दृश्य मात्रै होइन सिंगो दुई गाउँका बासिन्दा नै शोकमा डुबेका छन् ।
माइतीबाट बिदाई भएकी बेहुलीसहितको बस दुर्घटना भएको घटनाले बिहेघरमा स्वागतको तयारी जसरी बिथोलिन पुग्यो त्यो भन्दा बढी आफन्त र गाउँहरु बझाङको कालंगा नदी किनारमा मानसिक रुपमा बिथोलिएको देखिन्थे । कसैका पनि आँखा ओभाना थिएनन् । आफन्त गुमाउँदाको पिडाले सबै बिछिप्त भएका देखिन्थे । बैतडी बस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको बझाङको कालंगा र सेती नदी किनारमा अन्तिम संस्कार गरिएको थियो ।
बिहेको रमाइलो सक्न नपाउदै भयानक दुर्घटनाले सबै गाउँबासी र आफन्तलाई शोकमा डुबाएको स्थानिय बताउँछन । बित्थडचिर गाउँपालिका बझाङ पुरै शोकमा परेको छ । यो दुर्घटनाले गाउँका राम्रा राम्रा मान्छेको जीवन लिला छानिछानि समाप्त गरिदिएको । यो घटनालाई अन्य स्थानीयहरुले जिवनको सबैभन्दा अप्रिय घटना भनेका छन् । बाईटः दिनेश अधिकारी वडाअध्यक्ष, बित्थडचौर गाउँपालिका बझाङ नेपाल शिक्षक महासंघ बित्थडचिरका निवर्तमान अध्यक्ष बिष्णुदत्त जोशीको परिवारमा घटेको घटनाले उहाँका सहकर्मीहरु समेत बिच्छिप्त बनेका छन् ।
सहकर्मी शिक्षक र कर्मचारी गुमाएकाहरु घटनाले सबैभन्दा बढी मर्माहित भएको बताउँछन् । सरकारले सबै मृतक र घाईतेलाई उचित क्षतिपुर्ति तत्काल दिनुपर्ने माग पनि उनीहरुले गरेका छन् । क्षमता भन्दा बढी यात्रु बोकेको बस उकालो चढ्न नसकेर जसरी भीरबाट खस्यो, त्यसले बैतडी र बझाङका दुई गाउँका बासिन्दाको हाँसो र खुसी पनि खोस्यो । पहाडी साँघुरा सडकहरुमा बढी क्षमतामा यात्रु राखेर यात्रुबहाक बस चलाउँदा धेरै दुर्घटना हुँदै आएका छन् । बझाङ र बैतडीका बासिन्दाले जस्ते पीडा अरुले भोग्न नपरोस भन्ने कामना पनि पीडितहरुले गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्