Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


कञ्चनपुरमा हात्ती आक्रमणबाट मृत्यु


78
Shares

कञ्चनपुर ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ ढक्का चानदेवस्थित आरक्षपीडित शिविरमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट उनकी ५५ वर्षीया हजुरआमा घाइते भएकी छन् ।

आक्रमणबाट घाइते भएकी ६ वर्षीया रोजिना साउदको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घाइते हजुरआमा पार्वती साउदको धनगढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

गएराति करिब ०२ः३० बजेको समयमा जङ्गली हात्ती शिविरभित्र प्रवेश गरी किसन सिंह साउदको घरमा आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट जोगिन घरबाट भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद र ६ वर्षीया छोरी रोजिना साउद घाइते भएको थिए ।