Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


‘माया मात्रै रहेछ देशैभरी, देश बन्छ’- बालेन्द्र शाह


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनले देशैभरी माया मात्रै रहेको बताउनुभएको छ ।

वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले यसरी नै देशलाई माया गर्न पनि आमजनतालाई आग्रह गर्नुभएको छ । माया गरेपछि देश बन्ने समेत उहाँले बताउनुभएको छ । त्यस्तै, नेता बालेनले बिहीबारै सामाजिक सञ्जालमार्फत नै उद्योग देशको मेरुदण्ड भएको बताउनुभएको थियो । जसले देशको विकास र आर्थिक वृद्धि गर्नुका साथै देशमा रोजगारीको समेत सिर्जना गर्ने तर्क गर्नुभएको थियो ।

यहि माघको पहिलो हप्ता काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएसँगै नेता बालेन मधेश प्रदेशबाट देश दौडाहको यात्रा शुरु गर्नुभएको थियो । उहाँ जापा-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत बन्नुभएको छ । सोही क्रममा उहाँ अहिले जापासहितका पूर्वी पहाडी जिल्लामा भोट माग्ने दौडधुपमा हुनुभएको छ । यसै सेरोफेरोमा रहेर नेता बालेनले पछिल्लो समय देशप्रति केन्द्रित भएर सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिइरहनुभएको देखिन्छ ।

त्यस्तै, उहाँको झापा-५ मा रहेको सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड समेत भएको थियो।