Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे


1.3k
Shares

काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

मंगलबार प्रतितोला ३ हजार ७ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार तोलामा १४ हजार ४ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँ पुगेको जनाएकाे छ।मंगलबार भने सुन प्रतितोला २ लाख ९० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा ५ हजार ३ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हाे। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला २ सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस पाँच हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाेछ।