Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन


455
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा गठित उक्त समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिहरूको समन्वय र व्यवस्थापन गर्नेछ। समितिको सदस्य–सचिवको जिम्मेवारी शङ्कर श्रेष्ठलाई तोकिएको छ।

रास्वपाका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार केन्द्रीय समितिको निर्णयअनुसार निर्वाचन लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न समिति गठन गरिएको हो।

यसैगरी, पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिवहरू तोकेको छ भने केन्द्रीय स्तरमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको जनाएको छ।