Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


टर्कीमा १७१ जना आप्रवासी तस्करीका संदिग्ध प्रहरीकाे नियन्त्रणमा


130
Shares

एजेन्सी । टर्कीले विगत दुई हप्तामा २६ प्रान्तमा चलाएको विशेष अभियानका क्रममा १ सय ७१ जना आप्रवासी तस्करीका संदिग्धहरूलाई पक्राउ गरेको छ ।

तस्करीमा प्रयोग हुने सवारी साधन तथा डुङ्गाहरू जफत गरेको हाे । टर्कीका गृहमन्त्री अली येरलिकायाले दिनुभएको जानकारीअनुसार विगत दुई हप्तामा देशैभरी सञ्चालित एक समन्वयात्मक अभियानका क्रममा १ सय ७१ जना संदिग्ध आप्रवासी तस्करीका संगठकहरूलाई पक्राउ गरिएको छ । गृहमन्त्री येरलिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै २६ वटा प्रान्तहरूमा सुरक्षाकर्मी (जेन्डमेरी) द्वारा सञ्चालित कारबाहीमा १ सय ७१ जना आप्रवासी तस्करीका संगठकहरू पक्राउ परेकाे बताउनुभयो ।

अधिकारीहरूले तस्करीमा प्रयोग गरिएको विश्वास गरिएका ८६ वटा सवारी साधन र ८ वटा डुङ्गाहरू पनि जफत गरेका छन् । पक्राउ परेकाहरूविरुद्ध कानूनी प्रक्रिया शुरु गरिएको छ । जसमा ५९ जनालाई औपचारिक रूपमा हिरासतमा राखिएको छ । २१ जनालाई भने न्यायिक निगरानीमा रिहा गरिएको हाे । बाँकी हिरासतमा रहेकाहरूको लागि कानूनी प्रक्रिया जारी छ ।

प्रमुख ट्रान्जिट र गन्तव्य मुलुकको रूपमा रहेको टर्कीले युरोप जाने मुख्य मार्गहरूमा अनियमित बसाइँसराइ रोक्न र तस्करी सञ्जालहरू ध्वस्त पार्न आफ्नो प्रयासलाई तीव्र पारेको हाे ।