एजेन्सी । थाइल्याण्डको चियाङ माईमा तालिमका क्रममा एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको चियाङ माई प्रान्तस्थित चोम थोङ जिल्लामा बिहीबार एउटा सैन्य विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका हुन् । यो दुर्घटना बिहीबार बिहान साढे १० बजे विमानले उडान तालिम अभियान सञ्चालन गरिरहेको समयमा भएको थियो ।
दुर्घटनास्थलमा आपतकालीन उद्धार टोलीहरू खटाइएको छ । दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका हुन् ।





प्रतिक्रिया दिनुहोस्