एजेन्सी । रूस र यूक्रेन युद्धका क्रममा २० लाख बढी सैनिक हताहती भएको रिपोर्ट अमेरिकी थिंक ट्यांकले सार्वजनिक गरेको रिपोर्टमा दाबी गरिएको छ ।
चार बर्ष बढी चलिसकेकोे युद्धमा २० लाख बढी सैनिक प्रत्यक्ष प्रभावित भएको भयावह रिपोर्ट सार्वजनिक भएको हो । सन् २०२२ को फेव्रअरीदेखि जारी युद्धले दुवैतर्फका सेनामा यति ठुलो हताहती गराएको दावी रिपोर्टमा गरिएकाे छ ।
चार वर्षको युद्धबाट लगभग २० लाख सैनिक मारिएको, बेपत्ता भएको र घाइते भएको दाबी गरिएको छ । सेन्टर फर स्ट्रेटेजिक एण्ड इंन्टरनेशनल स्टडीज सीएसआइएसले रिपोर्टमा रुसी सेनामा सवैभन्दा ठूलो क्षति भएको दाबी गरिएको छ । रिपोर्टमा दोस्रो विश्वयुद्धपछि सैनिकमा भएको यो सवैभन्दा ठूलो क्षति पनि भनिएकाे छ ।





प्रतिक्रिया दिनुहोस्