Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा विवाद भएपछि संयमता अपनाउन प्रशासनको आग्रह


182
Shares

काठमाडौं । रौतहटमा सरस्वती पूजाको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच विवादपछि जिल्ला प्रशासन कार्यालयले संयमता अपनाउन आग्रह गरेको छ ।

परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सोमबार दुई समुदायबीच विवाद भएको थियो । प्रशासनले धार्मिक, सामाजिक तथा साँस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सोमबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलको सहभागितामा स्थानीय अगुवासँग छलफल गरी समस्याको समाधान गरिने उल्लेख गर्नुभयो ।

मूर्ति सेलाउन गइरहेको टोली र फरक समुदायका केही नागरिकबीच शुरु भएको विवादले सोमबार झडपको रूप लिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिनुपरेको थियो । घटनामा केही स्थानीय तथा सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।

रामपुरखाप क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको हो ।