काठमाडौं ।
राष्ट्रियसभा सदस्यका लागि देशका सात वटै प्रदेशमा आज मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आज विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ सिटका लागि मतदान भएको हो । रिक्त हुने १८ सिट मध्ये कोसी प्रदेशमा खस–आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध भएका छन् भने बाँकी १७ सिटका लागि आज मतदान भएको हो । कुल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले दुई हजार ११ मतदाता कायम गरिएको थियो ।
प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु मतदाता रहेको यस निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाताहरु निर्वाचनमा सहभागी भएन् भने अरु पनि केहीले मतदान नगरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको मत परिणाम आजै साँझसम्ममा आउने पनि आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्