काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरूमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गरिने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजित एक कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा चल्ने बस तथा माइक्रोबसहरूमा सीसीटीभी जडान गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ ।
सार्वजनिक सवारीसाधनभित्र पाकेटमारी, अभद्र व्यवहार तथा यात्रुहरू असुरक्षित हुने गुनासोहरू बढ्दै गएपछि निगरानी बढाउने उद्देश्यले यो अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
सीसीटीभी जडानपछि यात्रुको सुरक्षा मजबुत हुनुका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।





प्रतिक्रिया दिनुहोस्