Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता


247
Shares

म्याग्दी ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सबैभन्दा पहिले मनोनयनपत्र दर्ता गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–८ नागी निवासी पुनले अन्तरिम सरकारको मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । अव्यावहारिक नीति, नियम र कानुन परिमार्जन गर्दै सुशासन, रोजगारी सिर्जना र समृद्धि हासिल गर्ने उद्देश्यसहित स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ ।