रुपन्देही । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।
रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्