Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


देश बचाउने र बनाउने संकल्पका साथ काठमाडौं १ उम्मेदवारी दिएको छुः रविन्द्र मिश्र


208
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको बताउनुभयो ।

उहाँले काठमाडौंका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गर्नुभयो । यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उहाँले तेस्रो पटक काठमाडौं विजय गरे । मैले तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’ त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राख्नुभयो ।