
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेसँग उक्त धरौटी माग गरेको हो ।
अदालत स्रोतले नेपाल प्रेससँग धरौटी माग गरिएको पुष्टि गरेको छ । गत असार १ गते वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध पर्सा अदालतमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लामिछाने अदालतमा हाजिर भई चितवन–२ मा मनोनयन दर्ताका लागि जाने तयारीमा रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्