Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


जेनिस बादे लावण्य देशको राजा (तस्वीरसहित)


416
Shares

काठमाडौं ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको श्रीस्वस्थानी ब्रतकथासँग सम्बन्धित लावण्य देशमा यो वर्ष नयाँ राजा घोषणा हुने भएको छ ।

भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा पुलुकिसी जात्रा अन्तर्गत नवराज राजा घोषणा गर्ने तयारी थालिएको हो । आउँदो माघ १६ गते भिमाद्वादशीको दिन जेनिस बादेलाई ऐरावत हातीमा चढाएर नगर परिक्रमा गराइने छ ।

किंवदन्ती बमोजिम शुभ कर्म गरेका गरिब ब्राह्मण आफ्ना स्वर्गवासी पिताको काजक्रिया समेत गर्न नसकेपछि धन कमाउन परदेश हिँड्छन् । उनी जाँदाजाँदा लावण्य देशमा पुग्छन् । त्यहाँ पुग्दा शहरभरि हर्षोल्लासको वातावरण, जताततै खुशी र मानिसको लावालस्कर देख्छन् ।

त्यस देशमा राजाको मृत्यु भएको र राजाको कुनै सन्तान नभएका कारण हात्तीलाई राजा खोज्न पठाइरहेको हुन्छ । तत्कालीन लावण्य देशको राजा बन्न लालायित भएका देशवासीहरु सजिसजाउ भएर हात्तीको अघिपछि हिँड्दै गरेका हुन्छन् । ती गरिव ब्राह्मण एक कुनामा बसेर हात्तीको चर्तिकला हेर्दै गरेको हुन्छ । यत्तिकैमा हात्ती उनको नजिक आएर उनैलाई माला लगाई दिएर लावण्य देशको राजा बनाउँछन् ।

गरिब झुत्रा लुगा लगाएका ब्राह्मणलाई हात्तीले फूलमाला लगाएर राजा चुनेपछि त्यस देशका भ्रद्र भलाद्मीले हात्ती बौलाएछ भनेर तथानाम गाली गर्न थाल्छन् । तर केही विद्वानले हात्तीले राजा बन्न लायक गुण भएका युवकलाई राजा चुनेको भन्दै ती ब्राह्मणलाई दरबारमा लगेर राज्याभिषेक गर्न खोज्दछन् । पुलुकिसी जात्रा नगदेश र थिमिमा हुन्छ ।