Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


उत्तरी चीनतर्फका नाका खुलाउने तयारी


416
Shares

काठमाडौं ।
सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ ।

कोरोला, किमाथांकासहितका नाका खुलाउनका लागि गृहकार्य थालेको हो । तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकामा संरचना तयार गरेर भन्सार बिन्दु विस्तार गर्ने काम भइरहेको भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

उत्तरी नाका रसुवा र तातोपानी नाकाहरु अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो ।

तातोपानीमा पनि पहिरो गएर बाटो अवरुद्ध हुँदा बर्खायाममा उक्त नाका संचालनमा आउन सकेको थिएन । तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरु बनाएर पूर्ण रुपमा संचालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारीले बताउनुभयो ।

महानिर्देशक भण्डारीका अनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरु एकतर्फी छन् । ओलाङचुङगोल, किमाथांका लगायतका नाका खुलाउने प्रयास भइरहेको छ ।