Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


धरानमा शैक्षिक भ्रमण आएको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु


2.1k
Shares

काठमाडौं । धरानमा शैक्षिक भ्रमण आएको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ ।

जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस ब्रेक फेल भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटना हुँदा १ बच्चासहित ५ जनाको मृत्यु भएको छ । १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।’

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।