Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कांग्रेस सभापति थापा र आयोगविरूद्ध देउवा पक्षको रिट सर्वोच्चमा दर्ता

माघ ६ गतेका लागि पेशी तोकियो

1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्षले आइतबार गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।

सर्वोच्च प्रशासनले साेही रिटको पेशी यहि माघ ६ गतेका लागि तोकेको जनाएकाे हाे। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएकाे छ। रिटको पेशी आइतबारै तोक्नका लागि आग्रह गरे‍को भएता पनि सर्वोच्च प्रशासनले आइतबारै मुद्दा दर्ता गरेर पेशी तोक्न सम्भव नभएको जानकारी दिएकाे हाे ।

निर्वाचन आयोगको निर्णयले कांग्रेसको दुई तिहाइ शक्ति पार्टी विहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्का लगायतका नेताले आइतबारै रिट दर्ता गरेर आइतबारै पेशी चढाउन आग्रह गरेका थिए । तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आइतबार सम्झव नहुने जवाफ दिएकाे छ।

देउवा समूहको गत शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । सभापति थापा चयन हुनुभएकाे हाे ।

Skip This